२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

ठुलो परिमाणको सुन सहित क्यानडाली नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन सहित क्यानडाका एक नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोहम्मद कमाल माहगौब रहेको प्रहरीले जनाएको छ ।
फ्लाई दुबईको एफ जेड–२५७३ मार्फत गएराति पौने १२ बजे काठमाडौं उत्रिएका उनको एयरपोर्टको भन्सार क्षेत्रको एकसरेमा चेकजाँचको क्रममा ९ किलो १३५ ग्राम पहेंलो धातु फेला परेको थियो ।
उनले आफ्नै शरीरमा प्लास्टिकमा प्याक गरी बोकेको अवस्थामा चेक जाँचका क्रममा सुन फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका माहगौबको स्वास्थ्य परिक्षण पश्च्यात प्रहरी प्रभाग गौशालामा पठाईएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*