२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

होटेल रेस्टुरेन्टहरुले १० प्रतिशत सेवा शुल्क लिन नपाउने

होटेल तथा रेस्टुरेन्टले ग्राहक संग लिदै आएको १० प्रतिशत सेवा शुल्क लिन नपाउने भएका छन् ।
२०७५ साल जेठ २३ गते प्रेमलाल महर्जनले दायर गरेको रिटको बुधबार सुनुवाई गर्दै सर्वोच्च अदालतले माघ ११ गते देखि लागु हुने गरी १० प्रतिशत सेवा शुल्क लिन नपाउने गरी फैसला गरेको छ ।
होटेल, रेस्टुरेन्टहरुले श्रम ऐन २०७४ को दफा ८७ (३) र श्रम निमावली २०७५ को नियम ८२ को प्रावधानका आधारमा होटल तथा रेस्टुरेन्टहरुले ग्राहकबाट सेवा शुक्ल भन्दै १० प्रतिशत रकम उठाउँदै अएका थिए ।
उक्त नियमलाई संविधानको धारा ४४ र धारा ११५ (१) को भावना र मर्म अनुकुल नदेखिएको भन्दै सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले माघ ११ गते देखि नै लागु हुने गरी यस्तो फैसला गरेका हुन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*