२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुल्ला हुँदै

काठमाडौंको प्रमुख पर्यटकिय व्यापारिक केन्द्र रुपमा चिनिएको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने बिषयमा छलफल भएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ घण्टा खुलाउन निर्देशन दिए सँगै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले त्यस बारेमा क्षलफल थालेका हुन् ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले व्यापार व्यवसाय सञ्चालन सम्बन्धी समन्वय बैठकमा सम्बन्धित निकाय र व्यवसायीहरुसँग २४ सै घन्टा उक्त क्षेत्रलाई खुलाउँदा उत्पन्न हुन सक्ने सहज र असज परिस्थीतिका बारेमा क्षलफल गरेका हुन् ।

क्षलफलमा त्यस क्षेत्र २४ सै घन्ट खुलाउन पर्न सक्ने सुरक्षा लागाएत चुनौतिलाई योजना बनाएर कार्यान्वयन गर्ने एवं बजार खुल्दा सर्वसाधारणलाई पर्न सक्ने अप्ठेरोका बिषमा पनि क्षलफल भएको थियो ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले प्रशासन ठमेल तथा दरवारमार्ग क्षेत्रलाई २४ सै घन्टा खुलाउन अन्तिम तैयारीमा रहेको जानकारी दिदै व्यवसायीहरुले वस्तु तथा सेवामा दिउँसो र रातिको मूल्य फरक बनाउन नपाउने बिषयमा पनि छलफल भएको बताए ।

कोरोना जस्तो महामारीका कारण थलिएको दरवारमार्ग तथा ठमेल क्षेत्रका व्यवसायीहरु भने सरकारको यो निर्णयमा उत्साहीत भएको प्रतिकृया दिएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*