२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

लिखु तामाकोशी गाउँपालिका पूर्व अध्यक्ष सहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

विशेष अदालतले रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्व अध्यक्ष सहित पाँच जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
दोषी ठहर हुनेहरुमा गाउँपालिकाका पूर्व अध्यक्ष गोविन्द बहादुर खड्का, राजु प्रसाद न्यौपाने, टंकप्रसाद चौलागाई, दुर्गा बहादुर तामाङ र नोर्बु लामा रहेको विशेष अदालत श्रोतले बताएको छ ।

विद्युतीकरण गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २७ जनालाई मुद्दा चलाएकोमा अदालतले पाँच जनालाई मात्र दोषि ठहर गर्दै जरिमाना तथा कैदको फैसला सुनाएको हो ।

पालिकाका पूर्व अध्यक्ष खड्कालाई १ करोड ९९ लाख जरिवाना र ६ महिना कैद सजाय सुनाइएको अदालत श्रोतले बतायो ।
त्यस्तै अदालतले नौपाने र चौलागाईलाई जनही ३ महिना कैद र ६३ लाख जरिवाना तोकेको छ भने तामाङ र लामाको हकमा जनही ३ महिना कैद र ३१ लाख जरिवाना तोकेको छ ।

अख्तियारले मुद्दा चलाएका मध्य २२ जनाले भने सफाई पाएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*