२७ बैशाख २०८१, बिहीबार  |  9 May 2024,Thursday
Ad

जापानमा शक्तिशाली भुकम्प, भुकम्पका कारण सुनामी आउने चेतावनी

जापानमा शक्तिशाली भुकम्प गएको छ । नोटो प्रान्तको आनामिजु शहर नजिकै ७.६ म्याग्निट्यूडको भुकम्प गएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
विविसीका अनुसार भुकम्प पछि त्यस क्षेत्रमा सुनामी आउने चेतावनी जारी गरिएको छ ।

भुकम्पबाट भएको क्षेतिको विवरण नआए पनि सुनामिले जनजिवन प्रभावित पार्ने भन्दै जापानी राष्ट्रिय प्रसारक एनएचके संचार माध्यमले सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यस क्षेत्रमा रहेका मानिहरुलाई तत्काल अग्लो स्थामा जान पनि टेलिभिजन मार्फत निर्देशन जारी गरिएको छ ।
त्यहाँका अधिकारीहरूले छिमेकी निगाता र तोयामा जिल्लामा पनि सुनामी आउन सक्ने भन्दै सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
भुकम्प र सुनामीका कारण ठुलो धनजनको क्षेति हुन सक्ने भएकाले तत्काल सतर्कता अपनाई सुरक्षित स्थानमा जान भनिएको हो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*