२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

क्यानडाको राजधानीमा संकटकाल घोषणा

क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ ।
कोभिड–१९ भ्याक्सिन विरोधीहरूको प्रदर्शन नियन्त्रण बाहिर जान थालेपछि राजधानी ओटावामा संकटकालको घोषणा गरिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
प्रदर्शनकारीहरुले सुरक्षा निकाएले तोकिएको मापदण्ड उल्लंघन गर्दै प्रदर्शन गर्न थालेपछि प्रशासनले थप संकट उत्पन्न हुन नदिन संकटकालको घोषणा गरेको हो ।
ओटावाका मेयर जिम वाट्सनले राजधानीवासीको सुरक्षालाई मध्यनजर गर्दै संकटकाल घोषणा गर्नु परेको बताएका छन् ।
क्यानडाको सरकारले केहि दिनअघि क्यानडा–अमेरिका सीमा पार गर्नका लागि हरेक ट्रक चालकले भ्याक्सिन अनिवार्य रुपमा लगाउनुपर्ने निर्णय गरे संगै त्यसको चर्को बिरोध र प्रदर्शन हुँदै आएको बिबिसीले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*