२६ बैशाख २०८१, बुधबार  |  8 May 2024,Wednesday
Ad

पूर्वी युक्रेन माथि रुसले सैन्य कारबाहीको घोषणा गर्यो

रुसले युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेको छ ।
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य कारबाही गर्ने घोषणा गरेका हुन् ।

अन्तराष्ट्रिय संचार माध्यम रोयटर्सका अनुसार पुटिनले युक्रेनको पूर्वी क्षेत्रलाई सैन्य कारबाहीको घोषणा गरेको बताएको छ ।
कारबाही घोषणा गरे संगै युक्रेनमा विभिन्न स्थानमा ठुला बिस्फोटका आवाज सुनिएको बिबिसीले उल्लेख गरेको छ ।
यस अघि रुसी राष्ट्रिपति भ्लादिमिर पुटिनले सुक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न भनि सकेका छन् ।
उता संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुतेरेसले रुसलाई सैन्य कारबाही रोक्न आग्रह गरेका छन् ।
गुतेरेसले कारबाही प्रक्रिया अगाडी नबढाई शान्तिको प्रयासका लागि अगाडि बढ्न पनि रुसलाई आग्रह गरेका हुन् ।
यसै बिच अमेरीकाले पनि पुटिनको यो अन्यायपूर्ण कदम भनेका छन् । यस्तो निर्णयबाट रुसले मूल्य चुकाउने पर्ने पनि बताएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*