२७ बैशाख २०८१, बिहीबार  |  9 May 2024,Thursday
Ad

क्यानडाका प्रधानमन्त्री जस्मिन टुडोको डिभोर्स

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफीबीच डिभोर्स भएको छ । उनीहरुले सन् २००५ मा अर्थात् १८ वर्ष अगाडि बिहे गरेका थिए । प्रधानमन्त्री ट्रुडोले सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् आफूहरु अलग हुन लागेको जानकारी दिएका हुन् ।

उनले लेखेका छन् ‘म र सोफी तपाईंलाई यो कुरा भन्न चाहान्छौं कि धेरै अर्थपूर्ण र कठिन छलफलपछि हामीले अलग हुने निर्णय गरेका छौं । एकअर्कालाई सम्मान, मायाका साथ सधैंझैं परिवारसरह रहने छौं ।’

क्यानडाको प्रधानमन्त्री कार्यालयका अनुसार उनीहरुले छोडपत्रमा हस्ताक्षर गरिसकेका छन् । यद्यपि दुवै सार्वजनिक कार्यक्रमहरुमा देखिने छन् । विगतमा भने उनीहरु सँगै सार्वजनिक कार्यक्रममा कम देखिएका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*