४ जेष्ठ २०८१, शुक्रबार  |  17 May 2024,Friday
Ad

साउदी जान नेपालीलाई बायोमेट्रिक अनिवार्य

वैदेशिक रोजगारीकालागि साउदी अरब जाने नेपाली श्रमिकले अनिवार्य बायोमेट्रिक गर्नु पर्ने भएको छ । साउदी दुतावासले सोमबार अर्थात एक जनवरी २०२४ देखि कामदारका रुपमा साउदी अरब जाने नेपालीले बायोमेट्रिक गरेर मात्र जानपाउने व्यवस्था गरेको हो ।
यस अघि भिजिट र पारिवारिक भिसामा मात्र बायोमेट्रिक गर्ने व्यवस्था रहेकोमा साउदी अरबले श्रमिकलाई पनि यस्तो व्यवस्था अनिवार्य गरेको छ ।
तर साउदी दुतावासको यो कदम प्रति वैदेशिक रोजगार व्यवसायी संघे विरोध गरेको छ । दुतावासको यो कदमले नेपाली श्रमिकलाई थप आर्थिक भार पर्ने भन्दै त्यसको विरोध गरेको हो ।
संघका अध्यक्ष राजेन्द्र भण्डारीले दुतावासले नेपाली कामदारहरु प्रति सिन्डिकेट लाद्न खोजेको भन्दै यो व्यवस्था लागु गरे भिसाकालागि दुतावास कुनै फाईल नपठाउन व्यवासायीहरुलाई आग्रह गरेका छन् ।
साथै उनले व्यवसायीले भिसाका लागि फाइलहरू साउदी दूतावासमा पठाएको पाईए कारबाही गर्ने चेतावनी समेत दिएको बताएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*