४ जेष्ठ २०८१, शुक्रबार  |  17 May 2024,Friday
Ad

तपस्वी बम्जनको घरबाट तीन करोड सहित विभिन्न सामाग्री बरामद

प्रहरीले तपस्वी रामबहादर बम्जनको घरबाट तीन करोड बढी रुपियाँ बरामद गरेको छ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ६ स्थीत उनको घरबाट नेपाली र विदेशी गरी तिन करोड ३४ लाख ३७ हजार ९०६ रुपियाँ बराम गरिएको प्रहरीले जनाएको छ ।

बरामद भएका मध्य विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपियाँ र अन्य नेपाली रहेका छन् । प्रहरीले बम्जनको घर खानतलासीका क्रममा मोटरसाइकलको बिलबुक तीन थान, गाडीको चाबी एक थान, विभिन्न ब्राण्डका पेन ड्राइभ २० वटा, भ्याइस् रेकडर एक थान फेला पारेको छ ।

त्यस्तै मेमोरी कार्ड दुई थान, ल्यापटप दुई थान, मोबाइल १४ थान तथा आइप्याड र ट्याप पाँच थान बरामद भएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक एवम् प्रवक्ता नवराज अधिकारीले आयोजित पत्रकार सम्मेलन बताए ।

२०७१ सालमा उनि विरुद्ध परेको उजुरी र बाल यौन शोषणको मुद्दा आधारमा सर्लाही जिल्ला अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो ।

प्रहरीको खोजतलामा रहेका बम्जनलाई मङ्गलबार राति सवा सात बजे बुढानिलकण्ठ स्थीत आफ्नै घरबाट पक्राउ गरेको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*