२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

काँग्रेसले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार शर्मालाई बनाउने

नेपाली कांग्रेसले यही फागुन २९ गते हुन गईरहेको राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा युवराज शर्मालाई उम्मेदवार बनाउने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेकोे काँग्रेस संसदीय दलको बैठकले राष्ट्रिय सभाको अध्यक्षमा शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काँग्रेसले जनाएको छ ।
२०७८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित शर्मा बाँके जिल्लाबाट प्रतिनिधित्व गर्दछन् ।
२०४५ सालमा नेपाली काँग्रेस बाँकेको सभापति भएर काम गरिसकेको शर्मा २०२८ सालमा नेविसंघको सभापति शेरबाहादुर देउवाको उपाध्यक्ष थिए ।
यस अघिको सत्ता गठवन्धनमा राष्ट्रिय सभा अध्यक्षमा काँग्रेसले कृष्ण प्रसाद सिटौलालाई अघि सारे पनि सत्ता गठवन्धन परिवर्तन भए पछि शर्मालाई निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
निर्वाचनको कार्यतालिका अनुसार भोलि सोमबार राष्ट्रिय सभा निर्वाचनको मनोनयन हुने कार्यतालिका छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*