२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

चर्चित साहित्यकार राईको कथा संग्रह ‘खोक्पा’ विमोचन

गीतकार तथा आख्यानकार दिनेशकुमार राई (डीआर) को कथासंग्रह ‘खोक्पा’को सनिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको छ ।
एघारवटा कथा संग्रहित ‘खोक्पा’को पेज टर्नर प्रा.लि.का अध्यक्ष भुवनहरि सिग्देल, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, वरिष्ठ समालोचक महेश पौड्याल, सञ्चारकर्मी हेम भण्डारी, समालोचक निमग्ना घिमिरेले संयुक्त रूपमो विमोचन गरेका थिए ।

बुढ्यौली जीवन, वैदेशिक रोजगारी, लाहुरे संस्कृति, जनजातीय पहिचानजस्ता विविध विषयबस्तुहरु समावेश गरी यो कथा संग्रह तैयार गरिएको लेखक राईले बताए ।
यस अघि तिलस्मी उपन्यास लगाएत सात वटा कृति बजारमा ल्याई सकेका राई गीत लेखनमा पनि उत्तिकै अव्वल रहेका छन् ।
लेखक राईलेअहिले सम्म नेपाली साँगितीक फिल्डमा झण्डै सात वटा गीति एल्वम समेत नेपाली श्रोतालाई दिई सकेका छन् ।
साहित्य प्रति रुचि राख्ने दर्जनौ मानिसहरु उपस्थित त्यस विमोजन कार्यक्रमा दर्शक, श्रोताले सरल स्वाभाव एवं मृद्ध भाषि राईको उत्तिकै प्रसंसा गरेका थिए ।
आगामी दिनमा पनि राईको साहित्यीक यात्रा निरन्तर अगाडी बढ्ने विश्वास सहित दर्शकहरुले राई प्रति शुभेक्षा समेत व्यक्त गरेका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*