२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

सन् २०२४ मा हुने आईसीसी टी–२० विश्वकप क्रिकेटकालागि नेपाल छनोट

नेपाल टी–२० विश्वकप क्रिकेट खेलकालागि छनोट भएको छ । सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा हुने विश्व कप छनोटकालागि आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल विश्वकपकालागि छनोट भएको हो ।
काठमाडौको मूलपानी खेल मैदानमा भएको खेलमा नेपालले युएई बिरुद्ध उत्कृष्ठ खेल प्रदर्शन गर्दै बिश्वकपमा छनोट भएको हो । यो जित संगै नेपाल १० बर्ष पछि पुन बिश्वकपकालागि छनोट भएको छ ।
युएईले दिएको १३५ रनको लक्ष्यमा नेपालका तर्फबाट आशिफ शेखले सर्वाधिक ६३ रन, कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२ र कुशल भुर्तेलले ११ रन बनाएका थिए ।
पहिले ब्याटिङ लिएको युएईलाई रोक्न नेपालका कुशल मल्लले ३ ओभर बलिङमा ११ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १/१ विकेट लिएका थिए ।
नेपाल संगै बिश्वकप छनोटको खेलमा ओमान पनि छनोट भएको छ । यस अघि १८ टोली छनोट भइसकेको आईसीसी टी–२० विश्वकप २०२४ मा कुल २० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*