२६ बैशाख २०८१, बुधबार  |  8 May 2024,Wednesday
Ad

एक सातामै बैंकमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै घट्यो


दसैंपछिको एक साताको अवधिमा बैंकमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै घटेको छ । असोज तेस्रो साता बैंकको निक्षेप ७ अर्ब रुपैयाँ र कर्जा प्रवाहमा ४ अर्ब रुपैयाँको गिरावट आएको नेपाल बैंकर्स संघले जनाएको छ ।

बैंकर्स संघको तथ्यांकअनुसार अघिल्लो महिना गत भदौको तेस्रो साताबाट बढ्न थालेको बैंकको निक्षेप असोज तेस्रो सातामा आइपुग्दा ७ अर्ब रुपैयाँले घटेर ४५ खर्ब ११ अर्ब रुपैयाँमा पुगेको छ ।

त्यसअघि गत साउन महिनाभर घटेको निक्षेप संकलन पुनः घट्न थालेको संघको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको तेस्रो महिना असोजको दोस्रो साता बैंकको निक्षेप ४५ खर्ब १९ अर्ब रुपैयाँ रहेको थियो ।

सो अवधिदेखि असोजको तेस्रो सातामा आइपुग्दा बैंकको कर्जाप्रवाह पनि ४ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ९३ अर्ब रुपैयाँ कायम भएको छ । असोजको दोस्रो साता बैंकले ४१ खर्ब ९७ अर्ब रुपैयाँको कर्जा प्रवाह गरेका थिए ।

असोजको तेस्रो सातासम्म आइपुग्दा कर्जा प्रवाह ४१ खर्ब ९३ अर्ब रुपैयाँमा आइपुगेको हो । बैंकको कर्जाप्रवाह साउनको दोस्रो सातादेखि नै बढ्दै गएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*