२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

असल मान्छेलाई असल शब्द

वसन्त योगी

अरु दिनजस्तै मंगलबार बिहान पनि सबैरै उठेँ । उठेपछि आफ्नो नियमित कार्यहरु सकेर ल्यापटप खोल्दै बसेँ । सदाझैं आज पनि पहिलो क्रसर नियमित अपडेटका लागि विभिन्न सामाजिक संजालका पेजमा पुगे । सामाजिक संजालका पानाहरुमा जतातजै हार्दिक श्रद्धाञ्जलीले छाएको भेटेँ । बिश्वासै लागेन । अनलाइन समाचारका पोर्टलहरु हेर्दै गएँ, थप विश्वनीयताका लागि ।

एउटा दुईटाले चित्त नबुझेर त्यसपछि अर्को अर्को गर्दै धेरै खोलेँ । पेजहरु मेरो ल्यापटपको एअरप्यानलमा असरल्ल भए । धेरैमा त्यही कुरा पढेपछि पछि अबचाहिँ पक्का भयो, देशले एक शालीन, असल र मृदुभाषी नेता गुमाए छ । हो, फेरि नेपालीजनले पत्याएको नेपालका लागि बिशिष्ट योगदान दिएको व्यक्ति गुमाएको थियो ।

हुन त राम्रो गर्छु भन्ने मानवको आयु पृथ्वीमा लामो हुँदैन भन्ने उक्तिजस्तै भइसकेको छ, यो पटक पटक सुनेको थिएँ मैले । आज त सत्य हो जस्तो पनि लाग्छ । बीपी, मदन भण्डारी, लक्ष्मीप्रसाद देवकोटा, प्रदीप गिरीजस्ता उदहरणीय व्यक्तित्व कसैले पनि कहाँ लामो समय पृथ्वीलोकमा रहेन पाएनन् ।

उनीहरुको नाम र योगदानलाई आज शव्दमा आदर्श पुरुष भन्ने भाषणमात्र खुवै सुन्न पाइन्छ ।
मंगलबारको त्यो देहावसन नेपालको वर्तमान संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङको हो । नेपाली कम्युनिष्टका एक हस्ती शालीन, सभ्य, मृदुभाषी, कानुनका ज्ञाता नेम्वाङको यो बहिरगमनले हरेक मानवलाई जीवन के नै रहेछ र भन्ने सोच्न बाध्य पारेको छ ।

उनी आज हामीमाझ नरहँदा एउटा सुन्दर पुस्तक छोडेर गएका छन् । त्यो हो नेपालको संविधान २०७२ । यसैमा टेकेर आज नेपाल नेपाली जनताकै छोराछोरीबाट शासित भएको छ । आम नेपालीले गणतान्त्रिक मुलुकको संविधान उनको नासोका रुपमा पाएका छन् ।

नेम्वाङबारे उनको देहासनपछि धेरैले धेरै टिप्पणी गरेको असरल्ल पढ्न पाइएको छ । सबै व्यक्त सवै स्थानमा कहाँ सर्वगुणले सम्पन्न हुन्छ र ? कही न कही अपुरो त भई हाल्छ । व्यक्त भएका, देखिएका र लेखिएका थुप्र्रै टिप्पणी पढ्न र हेर्न पाइयो । पढियो । सुनियो । एकआध बाहेक सवैले उनको देहवासनमा खिन्नता जनाएका छन् । दुःख व्यक्त गरेका छन् । देशमा एक होनाहार व्यक्तिको अभावको महसुस गरेका छन् ।

नेपाल सरकारले यही भदौ २८ गते बिहीबार उनको अन्तिम श्रद्धाञ्जली र दाहासंस्कारका लागि सार्वजनिक बिदा कै घोषणा गरेको छ । वीपीको साहित्यिक महोत्सवको अन्तिम दिनको कार्यक्रम नेपाली काँग्रेसले उनीप्रति श्रद्धा जनाउँदै स्थगन गरेको छ ।

नेकपा एमालेले देशैभरका आफ्ना कार्यक्रमहरु स्थगन गरेर पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

राष्ट्रपति, पूर्व राष्ट्रपति, विभिन्न नियोगका प्रतिनिधि, विभिन्न पार्टीका नेता तथा कार्यकर्ता प्रत्यक्ष रुपमा उनको पार्थिवी शरीरमै श्रद्धाञ्जली व्यक्त गरेका छन् । सरकारले उनले पुर्याएको योगदानको कदर गर्दै राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अत्य्ष्टि गर्ने घोषणा गरेको छ । त्यसदिन राष्ट्रिय शोक मनाउन सबै सरकारी निकायमा बिदा पनि दिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*