४ जेष्ठ २०८१, शुक्रबार  |  17 May 2024,Friday
Ad

गृहमन्त्री नारायणकाजी श्रेष्ठ राजीनामाको दबाबमा

गृहमन्त्री नारायणकाजी श्रेष्ठ पछिल्ला दिनमा राजीनामाको दबाब झेलिरहेका छन् । सत्ताधारी पार्टी कांग्रेस सभापतिले समेत गृहमन्त्रीलाई राजीनामा गराउन भनेपछि उनी झनै ठूलो दबाबमा परेका हुन् ।

सत्ता गठबन्धनको ठूलो पार्टी नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले गृहमन्त्री श्रेष्ठको राजीनामालाई मुख्य मुद्दा बनाएको छ । यसको पछि प्रमाण हो मुलुकका विभिन्न शहरमा नारा जुलुससहित प्रदर्शन गर्दै मूल मुद्दा गृहमन्त्रीको राजीनामा बनाएको छ ।

त्यसो त सुन तस्करी प्रकरण सार्वजनिक भएसँगै संसदमै उनको राजीनामा मागिएको थियो । तरुण दलले राजीनामा माग्नुको कारण भने भदौ २० गते सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहारलाई बनाइएको छ ।

कांग्रेस पार्टी भित्र पनि एउटा पङ्ति गृहमन्त्री हटाउन खुलेरै लागेको देखिन्छ । राजधानीमै दिनदहाडै नेतामाथि खुकुरी आक्रमण हुनुले शान्ति सुरक्षा कमजोर बनेको उनीहरुको पुष्ट्याई छ ।

तरुण दलको प्रदर्शनमा गृहमन्त्री श्रेष्ठलाई तस्करको नाइकेको आरोप लगाइएको छ । प्रदर्शनमा तरुण दलका पूर्वअध्यक्ष यादवमाथिको आक्रमणको विरोध मात्र नभई नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको आरोपमा जेलमा रहेका अर्का पूर्वअध्यक्ष एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई छुटाउन दबाब दिने उद्देश्य पनि देखिन्छ ।

त्यसो त, गृहमन्त्री नारायणकाजी श्रेष्ठ निष्पक्ष रहँदासम्म कांग्रेसले हस्तक्षेप त परको कुरा गठबन्धन बैठकमा असन्तुष्टिसमेत राख्न सकेको थिएन । सीआईबीको अनुसन्धानले दोषी संकेत गरिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरालाई संरक्षण दिएको तथ्यबाटै पुष्टि भएपछि श्रेष्ठको काम कारबाहीप्रति प्रश्न उठ्न थाल्यो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन बैठकमा खुलेरै श्रेष्ठको आलोचना गर्न थाले । प्रधानमन्त्री पुष्पकमल दाहालसँगका गोप्य बैठकमा गृहमन्त्री फेर्ने प्रस्तावसमेत लगेको बालुवाटार स्रोत बताउँछ ।

खासगरी, नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता खाँण पक्राउ परेपछि देउवा झस्किएका थिए । गृहमन्त्री श्रेष्ठको सचिवालयले देउवा पत्नीसमेत रहेकी कांग्रेस सांसद् डा आरजु राणालाई पक्राउ गर्ने हल्ला चलाएको भन्दै देउवा असन्तुष्ट भए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*