४ जेष्ठ २०८१, शुक्रबार  |  17 May 2024,Friday
Ad

सुवासको पार्थिव शरीर उनकै घरमा

मंगलबार बिहान हृदयघातबाट निधन भएका संविधानसभाका अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई उनको निजी निवास लगिएको छ । नेम्वाङ पार्थिव शरीर हिजो बिहान अस्पतालबाट निकालेपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको थिो ।

देशबाहिर रहेका उनका छोराहरु बुधबार अपराह्न्न नेपाल आइपुगेका छन् । जेठा छोरा सपरिवार बेलायतमा बसोबार गर्दै आएका थिए भने कान्छा छोरा अष्ट्रेलिया भ्रमणमा थिए ।

पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिनभरि र बुधबार विहान १ बजेसम्म श्रद्धाञ्जलीका लागि नेम्वाङलाई राखिएको थियो । तर बुधबार दिउँसो बालुवाटारस्थित निजी निवासमा लगिएको छ। पारिवारिक तथा धार्मिक संस्कार अनुसार गर्नुपर्ने कार्यहरु गरेर भोलि बिहीबार बिहान श्रद्धाञ्जलीका लागि घरमै लाखिने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

त्यहीँ उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गरिने छ । त्यपछि नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे राजकीय सम्मानसाथ पशुपति आर्यघाटमा गरिने भएको छ ।

संविधानसभाका अध्यक्ष नेम्वाङको अन्त्येष्टि गरेकै दिन बिहीबार सरकारले सार्वजनिक बिदा पनि दिएको छ । नेम्वाङका दुई छोरा र दुई छोरी छन् । छोरीहरू भने काठमाडौंमा सँगै थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*