२६ बैशाख २०८१, बुधबार  |  8 May 2024,Wednesday
Ad

अवरोधकै बिच एमसीसीले संसदमा टेवल पायो, संसदको अर्को बैठक फागुन १२ गते बस्ने

अवरोधकै बिच अमेरिकी सहयोग सम्बन्धी परियोजना (एमसीसी) सम्झौता संसदमा टेबल भएको छ ।
आईतवार (आज) बसेको प्रनिनिधी सभा बैठकमा संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उक्त सम्झौता अनुमोदनका लागि संसदमा टेवल गरेका थिए ।
नेकपा एमालेको संसद अवरोधका बिच अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट संचार तथा सूचना प्रविधिमन्त्री कार्कीले उक्त सझौता टेवल गरेका हुन् ।
सझौता टेवलनै गर्न नदिने निर्णय गरिसकेको नेकपा माओवादी केन्द्र र नेकपा एमाले (समाजबादी) सहितको सक्ता गठबन्दनका बिच यस अघि मात्रै टेवल गर्न दिने सहमती भएपछी आज (एफसीसी)ले संसदमा टेवल पाएको हो ।
संसदमा टेवल हुनु पर्ने र संसदबाट अनुमोदन गर्नु पर्ने पूर्व संकेत दिइसकेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सभामुखले संसदको कार्य प्ररम्भ गरे लगतै संसदमा नाराबाजी गरेका थिए । बैठकमा नेकपा माओवादीका केहि संसदले पनि नाराबाजी गरेका छन् ।
नारबाजी बिच टेवल भएर पछि आजको संसदको बैठक ४ दिनका लागि स्थगित भएको छ ।
प्रतिनिधी सभा संसदको अर्को बैठक यहि फागुन १२ गते १बजे बस्ने छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*