१७ बैशाख २०८१, सोमबार  |  29 April 2024,Monday
Ad

मधेश प्रदेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिदै

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार (आज) दिउँसो विश्वासको मत लिन लागेका छन् ।
दिउँसो १ बजे बोलाईएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।
संघिय सत्ता फेरबदल भए संगै सरकारमा रहेको दलले समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री यादवले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रवधान अनुसार विश्वासको मत लिन लागेका हुन् ।
२०७९ पुष २७ गते मुख्यमन्त्री नियुक्त भएका जसपा संसदीय दलका नेता यादवले लिन लागेको विश्वासको मत यो चौथो पटक हो ।
मधेश प्रदेशमा १०७ सदस्यीय प्रदेश सभा रहेको छ । जस मध्य एमालेका सभामुख सहित २४, नेपाली कांग्रेसका २२, जसपाको १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९/९ र एकीकृत समाजवादीका ७ सांसद रहेका छन् ।
यस्तै नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टीका एक/एक र एक जना स्वतन्त्र सांसद छन् ।
मधेशमा सरकार गठनका लागि कुल १०७ मध्य ५४ सांसदको समर्थन आवश्यक पर्दछ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*