२८ बैशाख २०८१, शुक्रबार  |  10 May 2024,Friday
Ad

अख्तियारद्वारा एक प्रमुख प्रशासकीय अधिकृत सहित ५ जना बिरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रमुख प्रशासकीय अधिकृत सहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


बाराको सिम्रौनगढ नगरपालिका–८ स्थित जनता माविको भवन निर्माणमा प्राविधिकले तयार गरेको मूल्याङ्कन र भुक्तानीका लागि स्वीकृत भएको टिप्पणीमा उल्लेख भए भन्दा बढी रकम भुक्तानी गरेको भन्दै सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहितलाई ५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।


अख्तियारको मुद्दा दायरमा परेका अन्यहरुमा लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी, भवन निर्माण समिति अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्तप्रसाद र कोषाध्यक्ष किरण देवी यादव रहेका छन् ।


उनिहरुविरुद्ध जनही ६ लाख ५८ हजार ४ सय ४० रुपैयाँ १६ पैसा बिगो दाबी गरिएको अख्तियार श्रोतले बताएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*