७ जेष्ठ २०८१, सोमबार  |  20 May 2024,Monday
Ad

गमगढी बजारमा मध्यरातमा आगोको लप्का

हिमाली जिल्ला मुगु सदरमुकाम गमगढी शुक्रबार मध्यरातमा भीषण आगलागी भएको छ । आगलागीमा बजारका ८ घर जलेका छन् ।

शुक्रबार रात १ बजे बजारमा आगो लाग्न सुरु भएको जिल्ला प्रहरीले जनाएको छ । आगो बिहान साढे चार बजेमात्र स्थानीयवासी, प्रहरी प्रशासनको प्रयासमा लिन सम्भव भएको थियो ।

प्रहरी स्रोतका अनुसार आगोले बजारका ८ वटा घर पूर्णरुपमा जलेर क्षति भएको छ । आगलागीमा मानवीय क्षति नभएको तर ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको छ ।

जलेका घरमा कम्प्युटर पसल, मोवाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिण्डर पसल थिए । आगोले गरेको क्षतिबारे पूर्ण विवरण भने आइसकेको छैन ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*