काठमाडौं ।  गाएक जनक बिवस न्यौपानेले हालै बजारमा ल्याएको मुनामदन नामक गीत  टिक्टकमा भारईरल बनेको छ । माया प्रेमले भरिपुर्ण गीत मिलन र मायाँको बयान गरेकाले पनि श्रोता दर्शकको मन तान्न सफल बनेको हो । 
 झण्डै ५ मिनेटको गीतको अन्तिम अन्तरा बिशेष गरी श्रोताको  टिक्टककालागि रोजाईमा परेको छ । सरल र प्रकृतिको बयान गरीएको शब्द एवं टिक्टक बनाउन समेत सजिलो लयमा संगित भरिएकाले पनि बिशेष गरी अन्तिम अन्तरा श्रोताको रोजाईमा परेको गाएक न्यौपानेले बताए । 
 शव्द संगित स्वंयम गाएक न्यौपानेको रहेको गीतमा दिनेश कठायत र अनिता चौधरीले मोडलिङ् गरेका छन् ।
 दिपक गिरीले छाँयाकन गरेको भिडियोको निशान एस.के.ले निर्देशन गरेका छन् । 

					
न्यूज समय
१८ फाल्गुन, २०७६, आईतबार ००:००