विश्वविद्यालयमा उपकुलपति संग प्रधानमन्त्री शाहले गरे छलफल, अफ्ठेरोमा सहयोग गर्ने प्रतिवद्धता

न्यूज समय

विश्वविद्यालयमा कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालयका उपकुलपतिहरु संग छलफल गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा सोमाबार भएको छलफलमा प्रधानमन्त्री शाहले विश्वविद्यालयमा परेको अफ्ठेरोमा सहयोग गर्ने बताएका छन् ।

छलफल पछि एक उपकुलपतिले प्रधानमन्त्री शाहले आफुहरुलाई बोलाएर विश्वविद्यालयमा हुने अप्ठेरोमा सहयोग गर्ने प्रतिवद्धता जनाएको बताए ।

प्रधानमन्त्री संगको छलफल अत्यन्त सकारात्मक भएको भन्दै ति उपकुलपतिले विश्वविद्यालयलाई पर्ने अफ्ठेरोबारे जानकारी गराउन र त्यसमा आफ्नो सहायोग रहेको बताईएको छ ।

प्रधानमन्त्री शाहले ११ वटा विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई सिंहदरवारमा बोलाएर विश्वविद्यालयमा भए गरेको विषयमा छलफलर गरेका थिए ।