१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

जथाभावी बोलेको भन्दै प्रधानमन्त्री ओलीको काँग्रेसद्वारा आलोचना

२, बैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले जथाभावी बोलेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति प्रति आलोचना गरेको छ ।
प्रधानमन्त्रीको जवाफ दिन कांग्रेसले सोमबार पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति चिन्ताजनक भन्दै आलोचना गरेको हो ।
कांग्रेसका उपसभापति बिमलेद्र निधिले मुलुकको प्रधानमन्त्री जस्तो जिम्वेवारपदमा बसेको व्यक्तिले पार्टीको एउटा गुटको नेताले जस्तो अभिव्यक्ति दिनु देशकालागि फाईदा नहुने भन्दै चिन्ता व्यक्त गरे ।
प्रधानमन्त्री सबैको साझा व्यक्ति भएकाले यस्ता गैर जिम्वेवारी अभिव्यक्ति दिनु गलत भएको र त्यस्ता कुराले देशमा हिंसा भड्कन सक्ने भन्दै उपसभापती निधिले त्यस्ता कुरा प्रति सजग हुन आग्रह समेत गरे ।
नेपाली कांग्रेसका प्रवक्ता एवं यूवा नेता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओली वोल्दै गर्दा बुढापाकाले टिभी हेर्र्दै मनोरञ्जन लिन्छन् । तर बालबालिका भने उनि बोल्दा डराउने अवस्था आएको बताए ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, प्रवक्ता विश्वप्रकाश शर्मा, सहमहामन्त्री डा.प्रकाश शरण महत लगाएतका नेता उपश्थित पत्रकार सम्मेलनमा काँग्रेसले प्रधानमन्त्री ओलीलाई जिम्मेवार बन्न सुझाव दिएको छ ।
प्रधानमन्त्री ओलीले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा विपक्षी दलहरुलाई नन्दिभिरिङ्गी, आन्दोलन गरे भने केटाकेटीहरूले ढुंगा हान्छन् भन्ने जस्ता शव्द भनेर टिप्पणी गरेको आरोप काँग्रेले लगाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*