१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

कांग्रेसद्वारा राष्ट्रिय जनजागरण अभियानको घोषणा

३, बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय जनजागरण अभियानको मंगलबार (आज) पत्रकार सम्मेलन गरि घोषणा गरेको छ ।
पार्टी केन्द्र्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलन मार्फत तीन चरणमा पार्टीको संगठन सुधार गर्न र सरकारका भ्रष्टाचारजन्य क्रियाकलापको विरोध गर्न जागरण अधियानको घोषण गरेको कांग्रेसले जनाएको छ ।
७७ जिल्लामा एकै समयमा गर्न लागिएको जनजागरण अभियानमा कांग्रेसले संगठन सुदृढीकरणका लागि भातृ संस्था नेविसंघ, तरुण दल, महिला संघलगायतको व्यापक परिचालन गर्ने गरी जनजागरण अभियानको घोषणा गरिएको नेपाली काँग्रेसका प्रवक्ता एवं यूवा नेता विश्व प्रकाश शर्माले जानकारी दिए ।
वैशाख ११ गतेदेखि सुरु हुने अभियानको नारा ‘हिमाल, पहाड, तराइ–मधेश नेपाली कांग्रेस जागरण’ भन्ने नाम दिइएको छ ।
काँग्रेसका अनुसार महासमिति बैठकबाट पारित गरिएको नीति तथा कार्यक्रम, विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्न, नवीन ढंगको एकता, सुदृढीकरण, समृद्धिको दिशामा गरिएको काम व्यापक ढंगले जानकारी दिन जनजागरण अभियान गर्न लागेको हो ।
७६ जिल्लामा केन्द्रीय प्रतिनिधिले उद्घाटन गर्ने अभियानको केन्द्रमा भने पार्टि सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् ।
अभियान पहिलो चरणमा वैशाख ११ गते लोकतन्त्र दिवसबाट सुरू भएर जेठ ११ गते सकिने छ । त्यस्तै दोस्रो चरणमा भदौ २४मा बी.पी. जन्मजयन्तीको अबसरमा सुरू भई असोज ७ गते सकिने सकिने छ । भने तेस्रो चरणमा पुस ७ गते बाट सुरु भएर पुस १६ मेलमिलाप दिवसका दिन सकिने अभियानको घोषण गरिएको समेत पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*