काठमाडौं । नेपाली कांग्रेसको संगठनमा लामो समय काम गरेका तर कुनै जिम्मेवारी नपाउदा नेता कार्यकर्ताहरुमा बढेको निराशासलाई चिरेर सहभागिता बढाउने विषयमा पार्टीका युवा नेताहरुले छलफल थालेका छन् । विपी कोइराला नेतृत्व विकास प्रतिष्ठानको संयोजनमा उनीहरुले सोमवार काठमाण्डौमा एक अन्तरक्रिया कार्यक्रम गरेका छन् ।
जनआन्दोलन ०६३–६३ को आन्दोलनमा अग्रमोर्चामा रहेर काम गरेका नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको सहभागितामा छलफलमा पछिल्लो समसामयिक राजनितिक अवस्थाको बारेमा र पार्टीका लामो समय काम गरेका नेता कार्यकर्ताहरुमा बढेको निराशालाई चिरेर उत्साहित भएर पार्टी पङ्क्तिमा जोड्ने विषयमा विचार विर्मश भएको नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष तथा कांग्रेसका युवा नेता निलकण्ठ रिजालले जानकारी दिए ।
कार्यक्रममा विपी कोइराला नेतृत्व विकास प्रतिष्ठानले आगामी बैशाख ११ गते गणतन्त्र दिवसको दिन काठमाडौंमा गर्ने विषेश कार्यक्रमका बारेमा समेत छलफल भएको थियो । कार्यक्रममा कांग्रेसका युवा नेताहरु रञ्जित कर्ण, बिजुला बर्मा, भुपेन्द्रजंग शाही, मनहरी श्रेष्ठ,गणेश भट्ट, दिपक भट्टराई, सरोज थापा,उमा शिवाकोटी ,नबिन राई,लेखनाथ पोख्रेल,सागर परियार लगायतको सहभागिता थियो ।
न्यूज समय
७ माघ, २०८१, सोमबार ००:००