संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र बन्छ : गगन थापा

न्यूज समय

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले रकारमा सहभागी दुई ठूला राजनीतिक दलहरु नेपाली काँग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र बनाउने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले संयन्त्र बनाउँदा सुझबुझपूर्ण बनाइने र सम्हालिएर संविधान संशोधन गर्ने बताए।

उनले संयन्त्रले शुरुमा काँग्रेस र एमालेबीच समझदारी बनाउने र पछि अन्य राजनीतिक दलहरुसँग छलफल गरेर मात्रै सबैको सहमतिअनुसार संविधान संशोधन हुने उल्लेख गरे। उनले एमाले र काँग्रेसले चाहेर मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी, मधसवादी राजनीतिक दलहरुसँगको समझदारीबाट संशोधन गर्ने बताए।

संसदलाई अझै समावेशी बनाउने, मन्त्रिपरिषद्लाई समावेशी बनाउने र एउटा कार्यकाल एउटै राजनीतिक दलले देशको नेतृत्व गर्नसक्ने गरीकन संविधान संशोधन गर्ने बताए।