१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

रविको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा वयान सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयान सुरू भएको छ। कास्की प्रहरीको हिरासतबाट बिहीबार काठमाडौं ल्याइएका पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको आजबाट बयान सुरू भएको हो।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा लामिछाने प्रहरी नियन्त्रणमा छन्। सरकारी वकीलको कार्यालयमा सरकारी वकील र प्रहरी अनुसन्धान अधिकृतले बयान लिनेछन्।

लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि हिजो पोखराबाट काठमाडौं ल्याइएको थियो। स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले मंसिर २ गते लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*