नवनियुक्त लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनि छोइङ डोल्माको नियुक्ति गैरकानुनी भएको भन्दैसर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
डोल्माको नियुक्ति गैरकानुनी,विधि र प्रक्रियाविपरीत भएको भन्दै राष्ट्रिय जेनजी नागरिक अभियानका अभियान्ताहरू सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले सर्वोच्च अदालतमा रिट दर्ता गराएको सर्वोच्च स्रोतले बतयो ।
डोल्माको नागरिकता सम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको बेलामा विधि प्रक्रिया भन्दा बाहिर रहेर नियुक्ति गरिएको भन्दै विरोध हुँदै आएको थियो ।
विरोध हुँदा हुँदै पनि नियुक्ती भइ कोषमा उपस्थित भएर कार्यभार सम्हाले पछि नियुक्तिको कानुनी वैधता परीक्षण तथा विधिको शासन र कानुनी प्रक्रियाको सुनिश्चितता गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराईएको बताईएको छ ।
डोल्मा फूलको आँखैमा फूलै संसार बोलको चर्चित गीतको गायीका समेत हुन् ।


न्यूज समय
८ मंसिर, २०८३, मंगलबार १३:१५