प्रहरीले ललितपुर महानगरपालिका–४ नख्खु दोबाटो चोकबाट स्रोत नखुलेको एक करोड ६७ लाख ३३ हजार २३० सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सानेपाबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश०१–०२७च २७६५ नम्बरको गाडीलाई चेक जाँच गर्दा उक्त नगद सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका–१० चापागाउँ बस्ने ३२ वर्षीय जयराम केसी, काठमाडौँ कोटेश्वर बस्ने भोजपुर नगरपालिका–३ घर भएका ३१ वर्षीय दीपक खड्का र काठमाडौँ बत्तीसपुतली बस्ने काठमाडौँ महानगरपालिका–१० बानेश्वर घर भएका २९ वर्षीय प्रज्वल रिजाल रहेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।


न्यूज समय
२ मंसिर, २०८३, बुधबार १२:०३