एनपिएलका लागि कीर्तिपुरको क्रिकेट मैदानमा तयारी तिव्र

न्यूज समय

काठमाडौं । मंसिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) का लागि धमाधम कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान तयार पारिदैछ ।

नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक आयोजना गर्न लागेको प्रतियोगिताको तयारी तिव्र गतिमा भइरहेको छ । दर्शक बस्ने ठाउँलाई व्यवस्थित बनाइँदै छ भने पहिलोपटक भीआईपीमा बसेर हेर्न मिल्ने प्रबन्ध पनि मिलाइँदै छ ।

क्यानले पीच पुनर्निर्माणदेखि साइड स्क्रिनलाई व्यवस्थित गर्ने र डिजिटल स्कोर्डबोर्ड राख्नेसम्मका कामहरू गरेको छ । क्यानले प्रतियोगिताका लागि सोमबार लिगको खेल तालिका सार्वजनिक गरिसकेको छ ।

तालिकाअनुसार १५ मंसिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स भिड्नेछन् ।