६ आश्विन २०८१, आईतवार  |  22 September 2024,Sunday
Ad

प्रतिनिधि सभावाट बहुमतले पारित भयो (टीआरसी) विधेयक

प्रतिनिधि सभाको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक बहुमतले पारित गरेको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले बुधबार प्रतिनिधि सभामा प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’लाई बैठकले बहुमतका साथ पारित गरेको हो ।
ध्वनी मतकालागि सभामा निर्णयार्थ पेश भएको विधेयक नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने विधेयकको विपक्षमा मत दिएका थिए ।
यसरी पारित विधेयक प्रतिनिधि सभाबाट राष्ट्रिय सभामा जाने प्रावधान रहेको छ ।
राष्ट्रिय सभाबाट पारित भएर पुनः प्रतिनिधि सभामा आउने विधेक सभामुखबाट प्रमणित भएर प्रमणीकरणका लागि राष्ट्रपति कहाँ पठाइन्छ ।
राष्ट्रपतिले प्रमणीकरण गरेपछि विधेयक कानून बन्नेछ ।
लामो समय देखि विवादित बनेको विधेयक प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुले सहमति जुटाएका संगै प्रतिनिधिसभामा पेश भएको थियो ।
यो विधेयक पारित भएर कानुन बने संक्रमणकालिन न्यायका विवादित विषय तथा मुद्दा निराकरण गरी न्याय प्रकृया सहजरुपमा अगाडी बढ्ने चौतर्फी आपेक्षा गरिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*