मन्त्रिपरिषदको बैठक बस्दैछ। बैठक दिउँसो ५ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
हरेक सोमबार बैठक बस्ने भएपनि हिजो प्रधानमन्त्री काठमाडौं– तराई द्रुतमार्ग निरीक्षणको क्रममा मकवानपुर गएकोले बैठक आजका लागि सारिएको सचिवालयको भनाइ छ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने बैठकमा केही नियुक्ति तथा बढुवाको सम्भावना पनि रहेको छ।
न्यूज समय
२२ श्रावण, २०८१, मंगलबार ००:००