काँग्रेसद्वारा एमाले संग गर्ने सत्ता साझेदारीलाई अनुमोदन, प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह
- १९ असार, २०८१, बुधबार १३:३७
- मुख्य समाचार
- न्यूज समय
नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले नेकपा (एमाले) संग सत्ता साझेदारी गर्ने सहमतिलाई अनुमोदन गरेको छ ।
पार्टी सभापति शेरबहादर देउवा निवास बूढानीलकण्ठमा बुधबार विहान वसेको कार्य सम्पादन समितिको बैठकले दुई दल वीच भएको समझदारी अनुसार सरकारको नेतृत्व सुरूमा एमालेका अध्यक्ष के.पी शर्मा ओलीले र चुनाव गराउने गरी काँग्रेस सभापति शेरबहादुर देउवाले गर्ने कुरालाई पनि अनुमोदन गरेको छ ।
बैठक बारे जानकारी दिदै पार्टी प्रवक्ता प्रकाशरण महतले सुशासन, स्थायित्व, आर्थिक समृद्धिका लागि एमालेसँग सहकार्य गर्ने समझदारी बनेको र त्यसैलाई पार्टीको कार्यसम्पादन बैठकले अनुमोदन गरेको जानकारी दिए ।
प्रवक्ता महतका अनुसार राष्ट्रिय सहमति गरेरै अगाडी बढ्ने कोसिस भइरहेकोले त्यसलाई मुर्तरुप दिन दुई दलका सभापति वीच सहझदारी भएको हो ।
यसै वीच काँग्रेसको कार्यसम्पादन बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मर्गप्रशस्त गर्न आग्रह समेत गरेको छ ।
बर्तमान राजनीतिक परिश्थितीको उचित मुल्याकंन गर्दै प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गरेको पनि प्रवक्ता महतले बताए ।
एमालेले पनि प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गरी सकेको परिश्थितीमा संविधान अनुसार एक महिना भित्र विश्वासको मत लिने तैयारी गर्नु खासै अर्थपूर्ण नदेखिने महतको तर्क छ ।