देवकोटा पुनः गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत मन्त्रीमा नियुक्त
- १६ असार, २०८१, आईतवार १२:०३
- मुख्य समाचार
- न्यूज समय
माओवादीको कारवाहीबाट पदमुक्त भएका फणिन्द्र देवकोटा पुनः गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत मन्त्रीमा नियुक्त भएका छन् ।
देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार ऊर्जा, जलस्रोत मन्त्रीमा नियुक्त गरेका हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वास मत दिएपछि नेकपा माओवादी केन्द्रको कारवाहीमा परेका देवकोटाको प्रदेशसभा सदस्य पद र मन्त्री पद दुवै गएको थियो ।
पद गए पछि सर्वोच्च पुगेका देवकोटा नेकपा समाजवादी पार्टीको सांसद भएको भन्दै कारवाही गर्न नमिल्ने सर्वोच्चले फैसला गरेको थियो ।
सर्वोच्चको फैसला संगै उनको सांसद पद पुनबाहाली भई पुन मन्त्रीमा नियुक्त भएका हुन् ।