प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले चौथो पटक प्रतिनिधीसभा संसदबाट विश्वासको मत पाएका छन् ।
सोमबार बसेको प्रतिनिधीसभा बैठकमा संविधानको धार १०० को उपधार २ बमोजिम विश्वासको मद दिन राखेको प्रस्तावमा उपश्थित सांसदहरु मध्य १५७ जना सांसदले प्राधानमन्त्री दाहाललाई विश्वासको मत दिएका हुन् ।
विश्वासको मतकालागि कुल १५८ सांसद उपश्थित रहेकोमा १५७ ले हुन्छ भन्ने पक्षमा हस्ताक्षर गरेका थिए भने १ जनाको दिन्न भन्ने पक्षमा मत परेको थियो एवं शुन्य मत बिपक्षमा परेको सभामुख देवराज घिमिरेले घोषणा गरेका थिए ।
प्रतिपक्ष दलको नारावाजी वीच सभामुख घिमिरेले पेलेर विश्वासको मतकालागि प्रकर्या अगाडी बढाएका थिए ।
सत्तामा सहभागी जसपा सरकारबाट बाहिरिय संगै प्रधानमन्त्री दाहालले संविधान अनुसार विश्वासको मत मागेका थिए ।
प्रधानमन्त्री दाहाललाई नेपकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा समाजवादी, नेकपा माओवादी केन्द्र, जसपा लागाएतले समर्थन गरेका छन् ।
न्यूज समय
७ जेष्ठ, २०८१, सोमबार ००:००