१८ मंसिर २०८१, मंगलवार  |  3 December 2024,Tuesday
Ad

गण्डकी प्रदेश मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त, शुक्रबार सपथ ग्रहण

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।
नयाँ सरकार गठनका लागि सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थमा गरिएको दाविमा बहुमत पुगेपछि बिहीबार संविधानको धारा १६८ को उपधारा २ अनुसार पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
६० सांसद रहेको गण्डकी प्रदेशमा पाण्डेलाई काँग्रेसका २७, माओवादी केन्द्रको ७ र स्वतन्त्र सांसद दिपक मनाङे गरी ३५ सांसदले समर्थन गरेका छन् । मनाङे स्वतन्त्रबाट सर्वसम्मत चुनाब जिते पनि पछि एकिकृत समाजवादीमा प्रवेश गरेका थिए ।
राष्ट्रपति निर्वाचन संगै बनेको नयाँ सत्ता समिकरण अनुसार एमालेका खगराज अधिकारी नेतृत्वको सरकारबाट माओवादी बाहिरीएपछि उनको नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
अधिकारीले यहि बैशाख ९ गते पुनः विश्वासको मत नपाए पछि गण्डकी प्रदेशमा नयाँ सरकार गठनको प्रकृया अगाडि बढाईएको थियो ।
सत्ता समिकरण परिवर्त भए संगै नयाँ सरकार गठनकालागि सुरेन्द्रराज पाण्डेको नेतृत्वले ३५ जनाको हस्ताक्षर सहितको दावि प्रदेश प्रमुख गुरुङलाई बुझाएका थिए ।
अधिकारीले विश्वासको मत पाउन नसके पछि ३ दिनको समयावधी दिएर प्रदेश प्रमुख गुरुङले नयाँ सरकार गठनकालागि बहुमत सहितको दावि पेश गर्न आव्हान गरेका थिए ।
नवनियुक्त मुख्यमन्त्री पाण्डेको शपथ ग्रहण कार्यक्रम शुक्रबार गर्ने तयारी गरेको प्रदेश प्रमुख कार्यालय श्रोतले बताएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*