नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले कृषि उत्पादनमा वृद्धि, किसानको सम्मान र समृद्ध नेपालको निर्माणमा सबैको साझा प्रयास सफल होस् भन्ने कामना गरेका छन् ।
सोमबारराष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको शुभकामना दिदै समाजिक संजाल मार्फत यस्तो कामना गरेका हुन् ।
उनले कृषकको मेहनत, पसिना र समर्पणप्रति उच्च सम्मान व्यक्त गर्दै राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको अवसरमा सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन् ।
यसैबीच डा कोइरालाले आफ्नै निवास महाराजगञ्जमा सोमबार दिउसो २ वजे दही– चिउरा खाने कार्यक्रम पनि राखेका छन् ।


न्यूज समय
१५ असार, २०८३, सोमबार ००:००