नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार १२ उपसमिति गठन ग¥यो । यी उपसमितिहरूले भूमि व्यवस्था, विपद् व्यवस्थापन, मानसिक स्वास्थ्य, डिजिटल सुशासन, शिक्षा, उद्यमशीलता लगायतका क्षेत्रमा काम गर्ने कांग्रेसले जनाएको छ ।
एक दर्जन उपसमितिमध्ये उद्यमशीलता, नवप्रवर्तन तथा रोजगार समितिको प्रमुखमा खगेन्द्र आचार्य मनोनित भए । उनी उद्यमशीलता क्षेत्रको योगदान गरेवापत अमेरिकाका पूर्व राष्ट्रपति वील क्लिन्टनद्धारा सम्मानीत पात्र हुन् ।
आचार्यले यसअघि नेपाली कांग्रेसको उद्यमशीलता तथा साना तथा मझौला व्यवसाय विभागमा सदस्य सचिवको रूपमा सक्रिय रहेर काम गरिसकेका छन् । कांग्रेसभित्र उद्यमशील सोच, स्टार्टअप संस्कृति तथा युवा लक्षित आर्थिक अवसर विस्तारका विषयमा उनले निरन्तर क्रियाशील छन् ।
मोरङमा जन्मेका आचार्यले लामो समयदेखि स्टार्टअप, नवप्रवर्तन तथा उद्यमशीलता क्षेत्रसँग अन्तर्राष्ट्रिय रूपमा आबद्ध भएर काम गरिरहेका छन् । उनी ग्लोबल इन्टरप्रेनरसिप बुटक्याम्प (Global Entrepreneurship Bootcamp) का यो संस्थामार्फत विश्वका १०० भन्दा बढी देशका १८०० भन्दा बढी उद्यमी तथा युवा नवप्रवर्तकलाई अन्तर्राष्ट्रिय नेटवर्क, लगानीकर्ता पहुँच तथा उद्यम विकासका अवसर प्रदान गरिरहेको छ ।
आचार्यले विश्वभर उद्यमशीलता सम्बन्धी सञ्जाल विस्तार गर्दै विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रम तथा नेतृत्व पहलहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । उनी इन्टरनेश्नल योङ इन्टरप्रेनरसिप एशोसियसनका पनि संस्थापक हुन् । स्टार्टअप र नवप्रवर्तनका विषयमा उनले Massachusetts Institute of Technology, Stanford University tyf Peking University लगायतका प्रतिष्ठित संस्थाबाट अध्ययन तथा अनुभव हासिल गरेका छन् ।
नेपाली कांग्रेसले युवा उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै समिति प्रभावकारी बनाउनका लागि सोही क्षेत्रका जानकार आचार्यलाई सो जिम्मेवारी दिएको पार्टीले जनाएको छ ।


न्यूज समय
५ जेष्ठ, २०८३, मंगलबार ००:००