इजरायलमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउन सरकार प्रयासरत : मन्त्री राणा

न्यूज समय

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउन सरकार प्रयासरत रहेको बताएकी छन् । प्रतिनिधिसभा बैठकमा सोमबार सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले इजरायलमा रहेका नेपाली नागरिकहरू स्वदेश ल्याउन प्रयास भइरहेको बताएकी हुन् ।

‘इजरायलमा दुई हजार जीटुजी गएका छन् । उहाँहरूको सबै डेटा पनि छ । हामीलाई रेस्क्यु गर्न प्रबलम पनि छैन । उहाँहरूले तीन वर्ष लगातार पैसा तिर्नुभएको छ । त्यो भएपछि सुरक्षा कोषबाट उहाँहरूको रेस्क्यु हुन सक्छ,’ मन्त्री राणाले भनिन् ।

उनले भारतीय भूमि प्रयोग गरेर नक्कली कागजातका साथ इजरायल पुगेका नेपाली नागरिकलाई पनि स्वदेश फिर्ता ल्याउन पहल गरिरहेको पनि बताइन् । ‘धेरै जना इन्डियन पासपोर्ट लिएर पनि पुगेका छन् । फेक इन्डियन पासपोर्ट । त्यो अशली होइन, नक्कली लिएर पुगेका छन् । उहाँहरूले पनि हामीलाई अपील गर्नुभएको छ कि हामी आउनु पाऊँ भनेर,’ उनले भनिन्, ‘हामीले होम मिनिस्ट्रीमा लेखेका छौँ । यस्तो परिस्थितिमा भएको नेपालीलाई ट्रभल डकुमेन्ट इस्यु गर्नका लागि हामीलाई स्वीकृति दिनु भनेर ।’

मन्त्री राणाले इजरायलमा अहिले दूतावास सञ्चालन गर्ने अवस्था नै नभएको पनि जानकारी दिइन् । ‘अहिले त्यहाँ कस्तो परिस्थित छ भने हाम्रो राजदूत नै बंकरमा हुनुहुन्छ । अफिस सञ्चालन गर्ने परिस्थिति छैन,’ उनले भनिन्, ‘अलमोस्ट हजार जना नेपालीमध्ये ४–५ सय इललिगल गैरकानुनी हुनुहुन्छ । अरु पनि ठ्याक्कै प्लेन गयो भने आउँछु भन्ने मर्ममा हुनुहुन्छ ।’

इजरायलमा रहेका तीन नेपालीहरूलाई इजिप्टबाट स्वदेश ल्याइने पनि उनले बताइन् । ‘जर्मनले ट्राभल डकुमेन्ट हामी अलाउ गर्न सक्दैनौँ भनेको छ । इजिप्टबाट ल्याउन सकिन्छ कि भनेर हामी प्रयासरत छौँ,’ मन्त्री राणाले भनिन्, ‘५ सय जना नेपाली त्यहीँ नै बिहेबारी गरेर सेटल डाउन भएको हुनुहुन्छ ।