२२ बैशाख २०८१, शनिबार  |  4 May 2024,Saturday
Ad

अख्तियारद्वारा नापी सर्वेक्षक र मालपोतका नासु सहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक र मालपोत कार्यालय ललितपुरका नासुसहित ५ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जग्गाको कित्ताकाट र नामसारी गरिदिने बाहनामा सेवाग्राहीसँग घुस लिएको दाबीसहित अख्तियारले उनिहरु विरूद्ध मुद्दा दायर गरेको हो ।
मुद्दा दायर हुनेहरुमा नापी सर्वेक्षक रामवीर यादव, मालपोत कार्यालय ललितपुरका नासु प्रदिप पौडेल, बिचौलिया विनोद अधिकारी, लेखापढी व्यवसायी आशिषराज बस्नेत र लेखापढीको काम गर्ने दिनेश बन्जारा रहेका छन् ।
उनिहरुलाई २ लाख ५० हजार घुस लिईरहेको अवस्थामा अख्तियारको टोलीले यहि फागुन ९ गते पक्राउ गरेको थियो ।
साथै अख्तियारले सर्वेक्षक यादवविरुद्ध २ लाख ५० हजार, बिचौलिया अधिकारी विरूद्ध १ लाख ५० हजार, मालपोतका नायव सुब्बा पौडेलविरुद्ध १ लाख रुपैयाँ माग दाबी सहित मुद्दा दायर गरेको छ ।
त्यस्तै लेखापढी व्यवसायी आशिषराज बस्नेत र लेखापढी काम गर्ने दिनेश बन्जाराविरूद्ध पनि १ लाख रुपैयाँ माग दाबीसहित मुद्दा दायर भएको श्रोतले बताएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*