२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

घरमाथि ट्रक पल्टिदा मोरङमा तीन बालबालिकाको मृत्यु

मोरङमा घरमाथि मालवाहक ट्रक पल्टिदा तीन जना बालबालिकाको च्यापिएर ज्यान गएको छ ।
च्यापिएर मृत्यु हुनेमा बुढीगंगा–४ प्रगतिटोलका ज्योति अधिकारीको छोरी इसिता र छोरा निशान्त अधिकारी तथा स्थानीय सन्जु खवासको ८ वर्षे छोरी रिहा खवास रहेका छन् ।

औद्योगिक कच्चा पदार्थ लोड भएको भारतीय नम्बरको लहरी ट्रक उक्त गाउँपालिकाको निमुवा भन्ने स्थानमा झण्डै सय मिटिर तल घरमा पल्टिएको थियो ।

भारतीय आर जे २९ जीबी १५६१ नम्बर रहेको उक्त ट्रकले घरमा सुतिरहेका जुम्ल्याहा दुई जना र बाटोमा हिडिरहेको अर्का एक बालकलाई च्याँपेको मोरङ प्रहरीले जनाएको छ ।

ढुंगा बोकेको ट्रकले च्याँपेका बालबालिकाको शवलाई क्रेकको सहायताले ढुंगा पन्छाई निकालिएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*