भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल आउदै
काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी बुधबार नेपाल भ्रमणमा आउँदैछन्। यो उनको पाँच दिने औपचारिक भ्रमण हो । जसमा विहिबार राष्ट्रपति रामचन्द्र पौडेलले जनरल द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नेछन्। यो नेपाल र भारतबीचको ऐतिहासिक सैन्य सम्बन्धलाई प्रतिबिम्बित गर्ने परम्परा हो।
सेनाध्यक्ष द्विवेदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम छ। उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग द्विपक्षीय भेटवार्ता तथा कमान्ड तथा स्टाफ कलेजका प्रशिक्षार्थीसँग अन्तरक्रिया र नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
उनको भ्रमण मङ्सिर ९ गतेसम्म शनिबार रहनेछ। यस भ्रमणले नेपाल(भारतबीचको सैन्य सम्बन्ध थप सुदृढ गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ।