पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले रूख चिह्न र चार तारे झण्डा आफुहरुले पाउने बताएका छन् ।
बिपी जयन्तीका अवसरमा भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै नेता देउवाले सर्वोच्च अदालतले आफूहरूलाई आधिकारिकता दिने विश्वास समेत व्यक्त गरे ।
गगन थापाले महाधिवेशन प्रतिनिधि कुन–कुन क्षेत्रका हुन् भन्ने सनाखत नै नगरी विशेष महाधिवेशन गरेको भन्दै देउवाले विशेष महाधिवेशन गर्न पाइने विधानमा व्यवस्था रहेको भएपनि महाधिवेशन प्रतिनिधीको सनाखत नै नगरी विशेष महाधिवेशन गरेको आरोप लगाए ।
सुवर्ण शम्शेरको पालामा पनि विशेष अधिवेशन भएको स्मरण गर्दै उनले आफु सभापति भए पनि आफुलाई थाहा नै नदिई विशेष महाधिवेशन बोलाउन पाइन्छ भन्ने प्रश्न गरे ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी विशेष महाधिवेशन मार्फत सभापति बनेका बर्तमान सभापति गगन थापाको हस्ताक्षरमा वाँडिएको टिकटमा देउवा तथा शेखर कोईराला पक्षका कैयौं नेता प्रतिनिधी सभा चुनाव लडेका थिए ।
विशेष महाधिवेशनका विपक्षमा रहेका देउवा पक्ष निर्वाचन आयोग र सर्वोच्च अदालतमा विशेष महाधिवेशनविरूद्ध मुद्दा दिएका थिए । तर सर्वोच्च र निर्वाचन आयोग दुवै निकायले विशेष महाधिवेशनलाई मान्यता दिए पछि देउवा पक्ष पुनः सर्वोच्चमा पुनरावलोकनका लागि रिट दिएको थियो । सोही रिटका आधारमा देउवा पक्षले निस्सा पाए पछि देउवाले पार्टीको आदिकारिकता पनि पाउने विश्वास व्यक्त गरेका हुन् ।
काँग्रेसद्वारा असोज १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने घोषणा गरेको कार्यतालिका समेत रोक्न अन्तरिम आदेश माग गर्दै सर्वोच्च पुगेको देउवा पक्षले अन्तरिम आदेश नपाए पछि मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन तयारी थालेको बताईएको छ ।


न्यूज समय
२४ भदौ, २०८३, बुधबार ००:०० ६ : २८ बजे