बुधबार विहान रसुवाको भोटेकोशीमा आएको बाढीले ठुलो धन जनको क्षेति पुर्याएको छ । लेदो सहितको बाढीले रसुवाको सेप्रोवेसी, धुन्चे लगाएका क्षेत्रको बजार तथा मानविय बस्तीमा ठुलो क्षेति पुर्याएको छ ।
प्रहरीका अनुसार रसुवा भन्सार कार्यालय, प्रहरी पोष्ट, सशस्त्र प्रहरीको विओपी, स्थानीय बैंक, सहकारी, विभिन्न सरकारी कार्यालय तथा स्कूलहरुमा निकै क्षेति पुगरेको बताईएको छ ।

विद्युत, टेलिफोन सम्पर्क विच्छेद हुँदा कैयौ मानिस सम्पर्क विहिन भएको खवर आईरहेका छन् । उद्धारमा नेपाली सेनाको हेलिकप्टर, सशस्त्र प्रहरी, नेपाल प्रहरी सहितको टोलि परिचालन भईरहेका छन् ।
विहान रसुवा देखि आएको बाढी यतिवेल त्रिसुुली हुँदै नारायणघाट पुगिसेको बताईएको छ । त्रिसुली नदिनका किनार मुग्लीन, जलविरे, लगाएत थुप्रै ठाउँमा लेदो सहितको बाढी पसेको स्थानीय प्रत्यक्ष दर्शीले बताएका छन् । धादिङको बैरेनी बजार जलमग्न भएको बताईएको छ ।

पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द गरेर उद्धार कार्य अगाढी बढाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीले थप क्षेति हुनबाट बचाउन नदिकिनारका स्थानीयबासीलाई सर्तक सहित सुरक्षित स्थानमा बस्न माईकिङ गरेको छ ।
उद्धार जारी रहेको र नदि किनारमा कति लास तथा घाईतेहरु भेटिईरहेको तथा उद्धार कार्य जारी रहेको प्रहरीले बताएको छ ।
त्यस्तै घाईतेको उपचारका लागि बीर, टिचिङ तथा ट्रमा सेन्टरमा तयारी अवस्थामा राख्न सरकारले निर्देशन दिएको छ ।


न्यूज समय
१० भाद्र, २०८३, बुधबार ००:००