सरकारले भदौ २२ गते सोमबार राष्ट्रिय शोक दिवस बनाउने निर्णय गरेको छ । बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बाढीमा मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानस्वरुप उक्त घटना भएको १३ औं दिनको पुण्यतिथी पारेर सरकारले शोक दिवस मनाउने निर्णय गरेको बताए ।
उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने निर्णय गरेको पनि मन्त्री पोखरेलले बताए ।


न्यूज समय
१८ भदौ, २०८३, बिहिबार ००:०० ४ : ५४ बजे