उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन निर्देशन दिएकी छिन् ।
मन्त्री यादवले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन आवश्यक व्यवस्थापन मिलाउन नेपाल आयल निगमका पदाधिकारी र ग्यास उद्योगीलाई निर्देशन दिएकी हुन् ।
एउटा कम्पनीको ग्यास उपलब्ध नभएमा अर्को कम्पनीको ग्यास सिलिन्डरसँग उही मूल्यमा साट्न सकिने व्यवस्था गर्न निर्देशन दिदै मन्त्री यादवले बाढीका कारण उत्पन्न आपूर्ति असहजतालाई तत्काल सम्बोधन गर्दै उपभोक्तालाई राहत दिने व्यवस्थापनमा सरकार लागिपरेको बताईन ।
मन्त्री यादवले उपभोक्तालाई अनावश्यक दुःख दिने, कृत्रिम अभाव सृजना गर्ने वा तोकिएको व्यवस्थाविपरीत कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि बताईन ।


न्यूज समय
२४ भदौ, २०८३, बुधबार ००:०० २ : ०७ बजे