भोटेकोशीमा आएको विनाशकारी बाढीपछी विद्युत सहित पूर्ण रुपमा अवरुद्ध भएको रसुवा क्षेत्रको सञ्चार सेवा पुन सुचारु हुन थालेको छ ।
उद्धार र राहत संगै रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासङ्घ (आइएफआरसी) को सहयोगमा नेपाल रेडक्रस सोसाइटीले जेनेरेटर ल्याए पछि मोवाईल तथा सञ्चारका साधान चार्ज गर्न थालिएको हो ।
सञ्चार विहिन बनेको त्यस क्षेत्रमा रहेका मानिसले बाहिर रहेका आफ्ना आफन्तलाई मोबाईल चार्ज संगै सम्पर्क गरी बस्तु स्थीति र सन्देश दिन थालेका छन् ।
उद्धार र राहत संगै बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालनका लागि प्राविधिक टोली खटिरहेको स्थानीय प्रशासनले बतायो ।
क्षेति भएका स्थान र त्यहाँका बासिन्दालाई चाँडो राहत र उद्धार गर्न जेनेरेटरको वैकल्पिक चार्जरले सञ्चार सम्पर्कमा निकै सहयोग पुग्ने अपेक्ष गरिएको छ ।
जेनेरेटरबाट अहिले झण्डै एक सय मोवाईल चार्ज गरिदै आएको छ ।


न्यूज समय
१५ भाद्र, २०८३, सोमबार ००:००