१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

नेपाल प्रेस युनियनले आन्दोलनका कार्यक्रम सशक्त बनाउनदै, सोमबार महासंघ केन्द्रीय कार्यालयमा धर्ना दिने

नेपाल प्रेस युनियनले आफ्ना आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउदै लैजाने भएको छ । युनियनको आईतवार सम्पन्न सचिवालयको बैठकले भोलि (सोमबार) नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय देखि सवै जिल्ला स्थित शाखा कार्यालयहरुमा धर्ना दिने कार्यक्रम गर्ने निर्णय गरेको छ ।

युनियनका महासचिव दिलिप पौडेलका अनुसार भोलि १७ गते महासंघ केन्द्रीय कार्यालयमा विहान ११ बजे देखि दिउँसो १ बजे सम्म धर्ना दिने कार्यक्रम तय भएको जनकारी दिए ।

आन्दोलनलाई थप सशक्त बनाउन प्रेस युनियनको बैठकले आफ्ना जिल्ला तथा प्रदेश शाखालाई महासंघको सवै जिल्ला शाखाहरुमा धर्ना दिन पनि निर्देशन दिएको महासचिव पौडेलले बताए ।

विधान विपरीत मनोमानी ढंगले पत्रकार महासंंघ केन्द्रले गैर पत्रकारलाई सदस्यता दिई निर्वाचन प्रकिर्या अगाडी बढाएको भन्दै यही आषाढ १४ गते शुक्रवार राति देखि नेपाल प्रेस युनियनले महासंघको केन्द्रीय कार्यालयमा तालवन्दी गरेको छ ।

महासंघले यहि २२ गते निर्वाचन गर्ने गरी चुनावी तालिका सर्वाजनिक गरे पनि सदस्यता विवाद नटुङ्ग्याए सम्म निर्वाचन विरुद्ध युनियनले सशक्त आन्दोलन गर्दै जाने चेतावनी दिएको छ ।

साथै युनियनले भोलि ११ बजे युनियन संम्वद्ध पत्रकारहरुलाई तिलगंगा स्थीत पत्रकार महासंघको कार्यालयमा धर्नाकालागि उपश्थित हुन आव्हान समेत गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*