१८ मंसिर २०८१, मंगलवार  |  3 December 2024,Tuesday
Ad

डाक्टरहरुको लाईसेन्स परीक्षामा ५६.६८ प्रतिशत उतीर्ण

नेपाल मेडिकल काउन्सिलले लिएको डाक्टरहरुको लाईसेन्स परीक्षामा ५६.६८ प्रतिशत उतीर्ण भएका छन् ।
काउन्सिलका अनुसार यहि माघ १६ देखि १९ गते सम्म लिएको लाईसेन्स परीक्षामा उक्त प्रतिशत डाक्टरहरु मात्र उर्तीण भएका हुन् ।

परिक्षामा मेडिकलतर्फ एक हजार ७३७ र डेन्टलतर्फ २८५ गरी जम्मा दुई हजार २२ परीक्षार्थी सहभागी भएकोमा दुवै तर्फको गरी समग्रमा ५६.६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।

उतीर्ण भएकाहरुले नतिजा प्रकाशित भएको ३५ दिन भित्र लाईसेन्सको लागि आवेदन दिन पनि काउन्सिलले आग्रह गरेको छ ।

काउन्सिलले लाईसेन्स प्रमाणपत्र लिन आउँदा परीक्षणमा सामेल हुँदा लिइएको बायोमेट्रिक हाजिर, फोटो जाँच, दस्तखत परीक्षण र संकलन प्रमाणपत्र रुजु गरिने भएकाले सम्बन्धित परीक्षार्थी नै स्वंम उपस्थित हुन समेत सूचनाद्वारा जानकारी गराएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*